परिसूचक नेप्से ३७ अंकले बढ्यो

काठमाडौँ, ७ असार । आज सेयर बजार परिसूचक नेप्सेमा ३७ अंकमाथिको सुधार भएको छ ।

अघिल्लो दिन ५० अंकमाथिले घटेर १८ सयको रेञ्जमा झरिसकेको नेप्सेमा आज ३७.४९ अंकको वृद्धि हुँदै १९२२.३० अंकमा उक्लिएको हो । 
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.१८ अंकले बढ्दै ३७४.३७ अंकमा पुगेको नेप्सेले जनाएको छ । 

आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी विकास बैंक समूहको ३.८९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.२९ प्रतिशतले र म्युचुअल फन्ड ३.०९ प्रतिशतले बढेको छ । 

यस्तै, ट्रेडिङ समूहको उपसूचक २.९९ प्रतिशतले, हाइड्रोपावर समूह २.७७ प्रतिशतले, इन्भेष्टमेन्ट समूह २.३४ प्रतिशतले, माइक्रोफाइनान्स समूह २.१७ प्रतिशतले, जीवन बीमा समूह २.२९ प्रतिशतले र होटल तथा पर्यटन समूह २.२२ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ। मौसमको पूर्व सूचना दिने मुख्य आधिकारिक निकाय जल

काठमाडौँ, २३ साउन । काठमाडौँमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन

काठमाडौँ, २३ साउन । आज २०७९ साल साउन २३ गते सोमबारको राशिफल ।  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

काठमाडौँ, २२ साउन । अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । फ्लाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021