सेयर बजारमा आज पनि गिरावट

काठमाडौँ, ६ असार । सेयर बजारमा आज पनि गिरावट आएको छ । ४९.३१ अंकले घटेको बजार १८८४.८१ बिन्दुमा झरेको छ । यो अघिल्लो पटकको ‘बुल’को सबैभन्दा उच्च बिन्दु १८८१ को नजिक हो । सोमबार नै सो बिन्दुभन्दा पनि तल झरेको बजार केही सम्हालिन खोजेपनि अन्तिममा ४९.३१ अंकले घटेको हो ।

सोमबार कुल २३० कम्पनीको ३६ हजार ४६४ वटा कारोबारबाट ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सबै उपसमूहको मूल्य ओरालो लागेको छ ।

सबैभन्दा धेरै विकासका लगानीकर्ताले गुमाए । घट्दो बजारमा समेत आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ७२१.९० पुगेको छ । सीवाईसी नेपाल लघुवित्तको मूल्य ९.९८ प्रतिशतले बढेर ५००.३० रुपैयाँ पुगेको छ । ओरियन्टल होटेल्सको मूल्य ६ रुपैयाँ बढ्यो ।

तेह्रथुम पावर कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । यसको मूल्य ४२२.१० रुपैयाँमा झरेको छ । कालिका पावर कम्पनी, रिभर फल्स पावर, कर्णाली विकास बैंकसहितका कम्पनीको मूल्य समेट सर्किट लेवलमा झरेको छ । सोमबार प्रभु बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021