राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौँ, ६ असार । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो ।

बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिन्छ । 

इच्छुक खरिदकर्ता अप्रतिस्पर्धामा पनि सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड रुपैयाँ र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् २ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र खरिद गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता

काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः

काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका

काठमाडौँ, २३ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राविधिकरणको आइतबार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021