त्रिविमा ताला नलगाउन नेविसंघलाई चेतावनी

काठमाडौँ, २१ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा फेरि ताला लगाएपछि नेकपा (क्रान्तिकारी)ले विरोध जनाएको छ ।

नेविसंघले १३२ दिनदेखि त्रिविका उपकुलपति, रजिस्ट्रार  र शिक्षाध्यक्षको कार्यालयमा लगाएको ताला नेकपा (क्रान्तिकारी)ले जेठ १८ गते तोडेको थियो । तर, नेविसंघले जेठ १९ गते फेरि तालाबन्दी गरेपछि  नेकपा(क्रान्तिकारी)ले अब सह्यै नहुने चेतावनी दिएको हो ।

“महिनौदेखि बन्द भएर शिथिल भई थला परिसकेको विश्वविद्यालय खोलिनुपर्छ, विद्यार्थी निर्धक्क पठनपाठन गर्न पाउनुपर्छ विश्वविद्यालयले कामकाज सहज बनाउन पाउनपर्छ भन्ने बुझाइ हो । खुलेको विश्वविद्यालय फेरि ताला लगाइनु कस्तो स्वार्थ र विवेकपूर्ण निर्णय होला ?,” नेकपा (क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“पार्टीले खोलेको ताला फेरि अटेर गरी लगाइएकाले तत्काल विश्वविद्यालय र सम्बन्धि पक्ष बसी समस्याको हल गरी ताला नखोलिए निर्मम भएर पार्टी अगाडि बढ्छ,’ नेकपा(क्रान्तिकारी)ले चेतावनी दिँदै भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा