एजेन्सी, १९ जेठ । इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ ।
गएराति वेम्बली मैदानमा भएको खेलमा इटलीलाई ३–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाका लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक/एक गोल गरे । कप्तान लिओनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे ।
उनले दुई असिस्ट गरे । फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुनेगर्छ । इटली युरोकप च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।






