वालिङमा सीसी क्यामेरा जडान

स्याङ्जा, १२ जेठ । स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान गरेको छ । वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान गरिएका हुन् ।

वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जीनियर प्रकाश अर्यालका अनुसार नगरपालिकामार्फत डिभाइस खरिद गरिएको हो भने कालिका नेटले फाइबरमार्फत सीसी क्यामेरा जडान गरेको हो । नगरपालिका मुख्य–मुख्य चोक तथा नागरिकको बढी भीडभाड हुने ठाउँलाई लक्षित गरी ११ सीसी क्यामेरा जडान गर्ने कार्य जारी छ ।

वालिङ नगरपालिकाभित्रका मुख्य गरी सिद्धार्थ राजमार्गका मुख्य–मुख्य चोक, भित्री बजारका मुख्य–मुख्यचोक गरी भकुण्डेबाट त्रियासीसम्मका चोकमा सीसी क्यामेरा जडान गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । “वालिङ बजारलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरिरहेका छौँ”, उहाँले भन्नुभयो । 

वडा प्रहरी कार्यालयमा २४सै घण्टा यसबाट निरीक्षण गर्न सकिने छ । कुनै घटना घटिहाले यसैको आधारमा अनुसन्धान थाल्न र संलग्नको खोजी गर्न मद्दत पुग्ने खतिवडाले बताउनुभयो । यसअघि कुनै घटना घटेमा सङ्घसंस्था तथा व्यक्तिले राखेका सीसी क्यामेराको डाटा हेर्नुपर्ने बाध्यता थियो । मुख्य–मुख्य चोकमा सीसी क्यामेरा राखेर बजारलाई एकैपटक कार्यालयबाटै निरीक्षण गर्न सकिने भएपछि सम्भावित घटनामा कमी हुने र भइहालेमा पनि तत्कालै दोषीलाई नियन्त्रणमा लिन सकिने वडा प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति समक्ष समावेशी आयोगले आर्थिक

काठमाडौँ, १२ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि रसियाका राजदूत एलेक्सी भ्लादिमेरोभिकबीच शिष्टाचार भेटवार्ता भएको छ । 

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालैको बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिप्रति सरकारको