नेप्से परिसूचक ३४ अंकले घट्यो

काठमाडौँ, ९ जेठ । सेयर बजार नेप्से परिसूचक आज ३४.२१ अंकले घटेर बजार २२००.८८ बिन्दुमा रोकिएको हो । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहको मूल्य घटेर राताम्य रह्यो ।

सबैभन्दा धेरै वित्त, जलविद्युत्, होटेल र पर्यटन तथा जीवन बीमा कम्पनीका लगानीकर्ताले धेरै गुमाए । आज कुल २२४ कम्पनीको २८ हजार ५०६ वटा कारोबारबाट ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको छ । जसमा कुल कारोबार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको भएको छ ।

आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ६.२० प्रतिशतले बढेर ११३६.५० रुपैयाँ पुगेको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ५.२६ प्रतिशतले बढेर ४४२.१० रुपैयाँ पुगेको छ । यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेर १३४० रुपैयाँमा झरेको छ । सोमबार नविल बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021