ईपीएलको उपाधि म्यानचेस्टर सिटीले जित्यो

काठमाडौँ, ९ जेठ । म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबल लिग १०२१/२२ को उपाधि जितेको छ ।

गएराति सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेको सिटीले उत्कृष्ट पुनरागमन गर्दै जित हो ।

एस्टन भिल्लाका म्याटी क्यासले खौलको ३७ औँ र फिलिपे कोटिन्होले  ६९ औँ मिनेटमा गोल गर्दै टोलीलाई २-० ले अघि राखौका थिए । तर सिटीका लागि इल्के गुन्डोगानले ७६ औँ, रोड्रीले ७८ औँ र गुन्डोगानले नै ८१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-२ ले जिताए ।

जितसँगै सिटीले ३८ खेलमा ९३ अङ्क जोड्यो, दोस्रो स्थानको लिभरपुललाई एक अङ्कले पछि पार्न सफल भयो । लिभरपुलले ९२ अङ्क जोडेको हो । सिटी पाँच वर्षमा चौथो पटक उपाधि जित्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्