एजेन्सी, ८ जेठ । जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ ।
जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार आइतबार दिउँसो ५.८ म्याग्निच्यूडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सूचना जारी गरिएको समाचारमा जनाइएको छ । अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु खटिरहेको जनाएका छन् ।