धेरैजसो सरकारी अस्पताल आइतवार खुलेपनि वीर अस्पताल भने नखुल्ने

काठमाडौँ, ८ जेठ । सरकारको शनिवार र आइतवार लगातार दुई दिन बिदा दिने निर्णयले बिरामी मारमा पर्ने भएका छन् । वीर अस्पतालले सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गरी आइतवार सेवा बन्द गर्ने गरेको छ ।

तर काठमाडौँ उपत्यकाका अरु ठूला अस्पताल भने आइतवार सञ्चालनमा आउने भएका छन् । शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आइतवार पनि निरन्तर सेवा उपलब्ध हुनेछ । गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई सहज हुने गरी आइतवार अस्पताल खुल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद