निर्वाचनमा फूलमाला बिक्री बढ्यो

रामपुर (पाल्पा), ७ जेठ । रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापाले यस पटक फूल बिक्रीबाट राम्रो कमाइ गर्नुभएको छ । 

एक हप्तामा उहाँले रु एक लाख बराबरको सयपत्री फूल बिक्री गर्नुभयो । अहिले उहाँको बगैँचामा पहेँलपुर सयपत्री फूल फूलेका छन् । वैशाख ३० गते भएको निर्वाचनलाई लक्षित गरेर खेती गर्नुभएका थापाले मत परिणाम सार्वजनिक भएपछि फूलमाला बिक्री गर्न भ्याइ नभ्याई भएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “निर्वाचनको समयलाई मध्यनजर गर्दै फूल लगाएको हो, व्यापार असाध्यै राम्रो छ, यस पटक आम्दानी गर्ने राम्रो अवसर मिलेको छ, समय ख्याल गरेर खेती गर्नुपर्ने रहेछ, अझै पनि फूल मालाको माग आइरहेको छ ।” यसभन्दा अघि पनि फूल खेती थापा अहिले नसोचेको व्यापार हुँदा दङ्ग हुनुहुन्छ । निर्वाचनलाई मात्रै केन्द्रित गरेको हुँदा उहाँले यस पटक एक रोपनीमा खेती गर्नुभएको हो ।

“छोटो समयमा धेरै व्यापार गर्न सफल भएको छु, कतिपयलाई माला गाँस्न नभ्याएर फूल मात्रै पनि बिक्री गर्ने गरेको छु, यति बेला फूल टिप्ने माला तयार पार्ने र बिक्री गर्दैमा दैनिकी बितेको छ”, उहाँले भन्नुभयो । अहिलेसम्म रु एक लाखको व्यापार गर्नुभएका थापाको बगैँचामा अझै सो मूल्य बराबरको फूल रहेको छ । पाल्पा, स्याङ्जा, तनहुँलगायतका विभिन्न स्थानबाट फूलमाला खरिद गर्न ग्राहक आएको उहाँले बताउनुभएको छ । 

प्रतिकिलो रु ५०० र प्रतिमाला रु १५० मा धमाधम बिक्री भइरहेको छ । अघिल्ला वर्षको निर्वाचनमा खादाको प्रयोग गरेका यहाँका नागरिक अहिले मालाको प्रयोगमा आकर्षित बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई सदनबाट नै

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021