काठमाडौँ, ६ जेठ । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा यसपटक पनि बलिउडको दबदबा देखिएको छ ।
कान्सको तेस्रो दिन अभिनेत्री ऐश्वर्याले सौन्दर्यको जादु रेडकार्पेटमा छरिन् । फेसन डिजाइनर गौरव गुप्ताको पिंक गाउन पहिरनमा उनी आकर्षक देखिएकी थिइन् ।

ऐश्वर्याको यो कस्ट्युम डिजाइन गर्न ३५ सय घण्टा जति समय लागेको भग म्यागजिनले जनाएको छ । तस्बिरमा ऐश्वर्याको सौन्दर्य अझै चामिङ देखिन्छ । दिल्लीका यी डिजाइनरले तयार पारेको पहिरन हालैको म्युजिक भिडियोमा गायिका कार्डी बीले लगाएकी थिइन् ।