शिक्षकको नयाँ पोशाक तोकियो

काठमाडौँ, ६ जेठ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन हुने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार चालु शैक्षिक सत्रदेखि नयाँ पोशाक तोकिएको छ ।

खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट,कलेजी रङको स्वेटर र कालो जुत्तालाई शिक्षकको पोशाकका रुपमा तोकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

त्यस्तै साडी, ब्लाउज, कुर्ता सुरुवालको रङ भने परिवर्तन गरिएको छैन । यसअघि कालोमा सेतो धर्का भएको कोट र पाइन्ट तथा हल्का नीलो रङको सर्टलाई पोशाकका रुपमा तोकिएको थियो । शिक्षकहरुकै माग अनुसार पोशाक परिवर्तन गरिएको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान