शिक्षाको बजेटमा नयाँ कार्यक्रम थपिने

काठमाडौँ, ४ जेठ । आगामी आर्थिक वर्ष २०७९/०८० को शिक्षाको बजेटमा नयाँ कार्यक्रम थपिने भएका छन् । मन्त्रालयले तयार गरी अर्थ मन्त्रालयमा पेस गरेको बजेटमा शिक्षक अस्पतालका साथै सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख छ ।

हाल सञ्चालनमा रहेको मेडिकल कलेजलाई व्यवस्थित गर्न नसकेको मन्त्रालयले सातै प्रदेशमा मेडिकल कलेज खोल्न प्रस्ताव गरेको छ। मन्त्रालयले तयार गरेको बजेटमा भरतपुरमा शिक्षक अस्पताल निर्माण गर्न पूर्वाधार अध्ययन शीर्षकमा करिब १ करोडभन्दा बढी रकम छुट्टाइएको छ ।

जेठ १५ गते सार्वजनिक हुने बजेटमा मन्त्रालयले अध्ययन र पूर्वाधार विकास शीर्षकमा करोड रुपियाँ छुटाइएको जानकारी दिँदै मन्त्रालय स्रोतले भन्यो- ‘बजेटमा समेटिएका विषय अधिकांश पुराना छन् भने केही कार्यान्वयन हुन कठिन तर लोकप्रिय हुनकै लागि बजेटमा समावेश गरिएको छ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान