कोभिडले इन्टरनेट प्रयोगकर्ता दोब्बरले बढे

काठमाडौँ, १ जेठ । कोभिड १९ को महामारीले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा झण्डै दोब्बरले बढेका छन् । एकातर्फ कोभिड महामारीका कारणले ‘वर्क फ्रम होम’ अर्थात् घरमै बसीबसी कार्यालयको काम गर्न सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढाएको हो ।

अर्कोतर्फ विद्यालयको पठनपाठन पनि भर्चुअल अर्थात् अनलाइनमाध्यमबाट सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा तुलनात्मक रूपमा वृद्धि भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/७६ मा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ९४ लाख ४१ हजार सात सय १० रहेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९को संक्रमण देखिएसँगै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या करिव २४ लाख बढेर २ करोड १८ लाख तीन हजार ३ सय ४५ पुगेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या विगतको वर्षको तुलनामा अझै बढेर ३ करोड ९ लाख ९३ हजार एक सय ८५ पुग्यो। प्राधिकरणको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार २०७७ को असार मसान्तसम्म तीन करोड ९ लाख ९३ हजार एक सय ८३ इन्टरनेट प्रयोगकर्ता रहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६