एनआईसी एशिया र ग्यालेक्सी स्पेसियालिटि क्लिनिक एवं काठमाडौँ प्याथल्याव एण्ड डायग्नोस्टिकबीच छुट सम्झौता

काठमाडौँ, २२ वैशाख । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौँ प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टर बीच समझदारी भएको छ ।

सो सम्बन्धी समझदारी पत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे । समझदारीअनुसार यस बैंकका ग्राहक महानुभावहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो ।

बैंकका ग्राहक महानुभावहरुले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट हेमाटोलोजी, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, इम्युनो एसे, सिप्टोप्याथोलोजी, एफएनएसी, इम्युनोफ्लोरेन्स, अटो इम्युन प्यानल, फ्लो साइटोमेट्री र किड्नी स्टोन एनलाइसिस परिक्षणहरु गर्न सक्नुहुने व्यवस्था रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा