सुधारको बाटोमा नेपाल वायुसेवा निगम

काठमाडौँ, २२ बैशाख । राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ ।

निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो । हाल आफूसँग भएका विमानको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था सुदृढ हुँदै गएको दाबी गरेका हुन् ।

उनका अनुसार पछिल्लो समय निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुरै भुक्तानी गरिसकिएको छ र आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्नेछ । ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रूपमा निगमलाई ठुलो राहत भएको छ । यसैगरी, निगमले चालू आर्थिक वर्ष २०७८/७९ को बितेका आठ महिना (साउनदेखि फागुन) सम्म ८ अर्ब ३९ करोड आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो ।  आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021