प्याब्सनले आचारसंहिता पालन भए नभएको अनुगमन गर्ने

काठमाडौँ, २२ बैशाख । प्याब्सनले सदस्य विद्यालयहरूलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ। कार्यान्वयन नगर्ने विद्यालयको सदस्यता नवीकरण नगर्ने जनाएको छ ।

प्याब्सनले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिलाई पत्राचार गरी जेठ २० गतेभित्र आचारसंहिता पालन भए नभएको अनुगमन गर्न सबै कार्यसमितिलाई निर्देशन दिएको हो । प्याब्सन महासचिव आरबी कटुवालले प्याब्सनको केन्द्रीय कार्यसमितिले सबै सदस्य विद्यालयलाई अनिवार्य रूपमा आचारसंहिता पालना गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले भने- ‘सबै सदस्य विद्यालयलाई नियम परिधिभित्र रहेर विद्यालय सञ्चालन गर्न यो निर्देशन दिएका हौँ ।’ देशभर करिब ७ हजार निजी विद्यालयमा एकैसाथ आचारसंहिता कार्यान्वयन गराउन प्याब्सनले यस्तो निर्देशन दिएको हो । प्याब्सनले आचारसंहिताको मूलभूत ११ विषय किटान गरी आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको। नयाँ शैक्षिक सत्रमा प्याब्सनका विद्यालयबीच नै अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने भएपछि त्यसलाई सचेत गराउन आचारसंहिता जारी गर्न लागेको हो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि