प्याब्सनले आचारसंहिता पालन भए नभएको अनुगमन गर्ने

काठमाडौँ, २२ बैशाख । प्याब्सनले सदस्य विद्यालयहरूलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ। कार्यान्वयन नगर्ने विद्यालयको सदस्यता नवीकरण नगर्ने जनाएको छ ।

प्याब्सनले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिलाई पत्राचार गरी जेठ २० गतेभित्र आचारसंहिता पालन भए नभएको अनुगमन गर्न सबै कार्यसमितिलाई निर्देशन दिएको हो । प्याब्सन महासचिव आरबी कटुवालले प्याब्सनको केन्द्रीय कार्यसमितिले सबै सदस्य विद्यालयलाई अनिवार्य रूपमा आचारसंहिता पालना गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले भने- ‘सबै सदस्य विद्यालयलाई नियम परिधिभित्र रहेर विद्यालय सञ्चालन गर्न यो निर्देशन दिएका हौँ ।’ देशभर करिब ७ हजार निजी विद्यालयमा एकैसाथ आचारसंहिता कार्यान्वयन गराउन प्याब्सनले यस्तो निर्देशन दिएको हो । प्याब्सनले आचारसंहिताको मूलभूत ११ विषय किटान गरी आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको। नयाँ शैक्षिक सत्रमा प्याब्सनका विद्यालयबीच नै अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने भएपछि त्यसलाई सचेत गराउन आचारसंहिता जारी गर्न लागेको हो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा