परिसूचक नेप्सेमा १.३८ प्रतिशतले गिरावट

काठमाडौँ, २१ बैशाख । सेयर बजार परिसूचक नेप्से १.३८ प्रतिशतले गिरावट हुँदा ०७८ मंसिरपछि २३०० अंकको विन्दुबाट झरेको छ ।

बुधबार नेप्से ३१.७६ अंकले गिरावट हुँदा २२७५.६८ अंकमा बन्द भएको छ । यो पछिल्लो एक वर्षयताकै न्यून विन्दु हो । ०७८ भदौ २ गते ३१९९.०३ अंकसम्म पुगेको नेप्से मंसिर २७ गते २२८१.६७ अंकसम्म झरेको थियो । त्यसपछि बजारमा लगातार उतारचढाव कायम रहे पनि उक्त विन्दुभन्दा झल झरेको  थिएन । तर, पछिल्ला केही दिनयता निरन्तर घटिरहेको नेप्से बुधबार एक वर्षयताकै न्यून विन्दुमा झरेर बन्द भएको हो ।

नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । कारोबार रकम पनि घटेको छ । गएको सोमबार एक अर्ब ४२ करोडको कारोबार भएको बजारमा  आज करिब एक अर्ब २७ करोडको कारोबार भएको छ । लगातार घट्दो क्रममा देखिएको बजारमा अरुण भ्याली हाइड्रोपावरको करिब चार करोड ५९ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको तीन करोड ५२ लाख र नबिल बैंकको तीन करोड ४२ लाख ५० हजारको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९६ कम्पनीको सेयर कारोबार भएकामा १७७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने १५ कम्पनीको मात्रै मूल्य बढेको छ । चार कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज कारोबारमा आएका मध्ये जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा बरुण हाइड्रोपावरको ४.४५ प्रतिशतले वृद्धि भएको छ ।

ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.३६ प्रतिशतले गिरावट हुँदा युनियन हाइड्रोपावरको ५.७७ प्रतिशत र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.३८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021