मार्जिन कारोबार कार्याविधि संशोधन

काठमाडौँ, २० बैशाख । लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीहरूले व्यवहारिक नभएको गुनासो गर्दै आएको दुई वर्षमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि पुन: संशोधन गरेर कार्यान्वयनमा ल्याइएको छ ।

धितोपत्र दलाल र व्यवसायीमार्फत सेयर धितोमा राखेर गरिने मार्जिन कारोबार सुविधाका लागि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्याविधि (प्रथम संशोधन) २०७७ लागू गरेको हो । मार्जिन कारोबार सुविधा अन्तर्गत कुनै लगानीकर्ताले तत्काल सेयर कारोबार गर्न धितोपत्र दलाल व्यवसायी कहाँ सेयर धितो राखेर कर्जा लिन सक्छन् ।

संशोधित कार्यविधि अनुसार धितोपत्र दलाल व्यवसायीले सूचिकृत संस्थाको सेयरको १२० दिनको औषध मूल्य वा बजारको मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा मार्जिन कारोबार सुविधा दिन सक्नेछन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय

काठमाडौँ, ७ वैशाख । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

काठमाडौँ, ७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै