इमरानले दुबईमा तोशाखाना उपहार बेचे: शाहबाज

इस्लामाबाद, १९ बैशाख । पूर्वप्रधानमन्त्री इमरान खान विरुद्ध तोशाखानाको दुरुपयोगको आरोपले शुक्रबार असामान्य मोड लियो जब प्रधानमन्त्री शेहबाज शरीफले इमरान खानले साउदी अरेबियाबाट नाडी घडी सहित विदेशी राज्यहरूबाट प्राप्त महँगो उपहारहरू दुबईमा बेचे भन्ने आरोप दावी गरेका छन् ।

प्रधानमन्त्रीको दावीलाई पूर्व सूचना मन्त्री फवाद चौधरीले सही बताँउदै आफ्नो तर्कमा आफ्नो सम्पत्ति तोशखानाबाट किनेर बेच्नु अपराध होइन भनी बताएका छन् । पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) नेतृत्वको सरकारका प्रवक्ता मरियम औरंगजेब र पार्टी नेता अहसान इकबालले दावी गरे कि खानले नाडी घडी मात्रै बेचेका थिएनन् ।

उनीहरुका अनुसार पूर्व प्रधानमन्त्रीले हार, औंठी, सुनलगायत अन्य वस्तुहरू पनि बेचेका थिए। यी बस्तुहरुमा सुनको कलाश्निकोभ र एक जीप पनि थियो भनी उनीहरुले दावी नै गरेका छन् । शुक्रबार वरिष्ठ पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री सरिफले पीटीआई नेता तथा पूर्व प्रधानमन्त्री खानले विदेश भ्रमणका क्रममा प्राप्त उपहारहरू बेचेको आरोप लगाए । ‘इमरान खानले दुबईको तोशाखानाबाट १४ करोड रुपैयाँको राज्य उपहार बेचेको कुरा म पुष्टि गर्न सक्छु,’ उनले राज्यका बहुमूल्य उपहारमा हिराका गहना, ब्रेसलेट र घडी रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021