मिस नेवाःको उपाधि सलिना महर्जनलाई

काठमाडौँ, १९ बैशाख । १६ औँ संस्करणको मिस नेवाःको उपाधि सलिना महर्जनले जीतेकी छन् ।

नेप्लीज फेसन होमद्वारा आइतबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उनले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेकी हुन् । उनलाई गत वर्षकी मिस नेवाःले ताज पहिराइदिएकी थिइन् । सलिनाले मुख्य उपाधिको साथमा नगद एक लाख र  नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दूत पनि नियुक्त भएकी छन् ।

त्यस्तै प्रतियोगितामा काठमाडौं ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भए । एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ मुख्य निर्णायक रहेको  प्रतियोगितामा नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, ओजेश सिंह, अशोककुमार श्रेष्ठ, प्रवेशमान शाक्य, एलिशा बज्राचार्य, लक्ष्मण महर्जन, मनीश्री रत्न बज्राचार्य र मञ्जु कार्की पाण्डे प्रतियोगिताको निर्णायकमा रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई सदनबाट नै

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । पुल्चोक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021