नेप्से परिसूचक उच्च अंकले घट्यो

काठमाडौँ, १९ बैशाख । आज सेयर बजार नेप्से परिसूचक उच्च गिरावट आएको छ ।

सोमबार ४८.७३ अंकले घटेको बजार २३०७.४४ बिन्दुमा आएर रोकिएको छ । बजार २.०७ प्रतिशतले घटेको हो ।

सोमबार कुल २२८ कम्पनीको कारोबार भएको छ । यस दिन कुल ३१ हजार ४०४ वटा कारोबारबाट ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कुल १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर १२५६.८० रुपैयाँ कायम भयो । यस दिन सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि बढ्यो ।

सोमबार नेपाल फाइनान्सको मूल्यमा भने नेगेटिभ सर्किट लागेर ४५९ रुपैयाँमा झरेको छ । युनियन हाइड्रोपावरको मूल्य समेत धेरै घटेको छ । यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021