चीनमा कोरोना सङ्क्रमण फैलिँदै

एजेन्सी, १८ बैशाख । चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएको छ ।

बीबीसीका अनुसार सङ्क्रमण बढ्न थालेपछि राजधानी बेइजिङका नागरिकलाई सरकारले कोभिड परीक्षण गर्न आग्रह गरेको छ ।

बेइजिङका स्थानीयले सार्वजनिक ठाउँमा प्रवेश पाउन सङ्क्रमण नरहेको प्रमाण देखाउनुपर्नेछ । बेइजिङको सबैभन्दा धेरै जनसङ्ख्या भएको चाउयाङ इलाकामा यसअघि नै व्यापक परीक्षण थालिएको छ । बेइजिङको जनसङ्ख्या दुई करोड १० लाख छ ।

सङ्क्रमण बढ्न थालेपछि पुनः लकडाउन हुन सक्ने आशङ्कामा मानिसहरू अत्यावश्यक सामग्रीको किनमेलमा जुटेका छन् । चीनका ४६ सहरमा अहिले पनि आंशिक वा पूर्ण लकडाउन छ ।

दुई करोड ५० लाख जनसङ्ख्या भएको शङ्घाई सहरमा कडा लकडाउन छ । त्यहाँ मार्चयता पाँच लाख जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । मानिसहरू घरभित्रै सीमित भएका छन् र धेरैजसोले खानेकुरा र पानीको जोहो गर्न सङ्घर्ष गर्नुपरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा