काठमाडौँ, १५ बैशाख । आज नेप्से १९.९७ अंक घटेर २३ सय ५६ अंकमा आइपुगेको हो ।
आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ४५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज कारोबार भएका १३ मध्ये सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा सबैभन्दा धेरै १५५ अंकको गिरावट आएको छ ।
यसपछि, विकास बैंक समूह र उत्पादनमूलक उद्योग समूहमा ७४/७४ अंकको गिरावट आएको छ । यसैगरी, निर्जीवन बीमा समूहमा ४१ अंकको गिरावट आउँदा लघुवित्त समूहमा ३८ अंकको गिरावट आएको छ । यस्तै, व्यापार समूहमा ३२ अंकको गिरावट आएको छ भने वित्त समूह ३० अंकले घटेको छ । सेयर बजार परिसूचक दोहोरो अंकले घटेपनि आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर प्रतिकित्ता १०३ रुपैयाँले बढेर ११ सय ४२ रुपैयाँ पुगेको छ ।