सीवाईसी लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौँ, १५ बैशाख । सीवाईसी लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

योग्य आवेदकलाई न्यूनतम १० कित्ताका दरले आईपीओ वितरण गर्दा ३६ हजार ९४८ जनालाई तीन लाख ६९ हजार ४८० कित्ता सेयर बाँडफाँड भएको छ । बाँकी रहेका आठ कित्ता सोहीमध्ये १० कित्ताभन्दा बढी आवेदन दिने आठजनालाई थप एक कित्ताका दरले बाँडफाँड गरिएको छ ।

कम्पनीले यही वैशाख २ गतेदेखि ६ गतेसम्म कुल तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको तीन लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरूका लागि छुट्ट्याएर बाँकी तीन लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिएको छ ।

लघुवित्तको आईपीओमा कुल २२ लाख पाँच हजार ६३३ जनाको आवेदन परेको थियो । त्यसमध्ये तीन हजार २७२ जनाको आवेदन रद्द हुँदा २२ लाख दुई हजार ३६१ आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ