काठमाडौँ, १५ बैशाख । गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ । खरेलले आफू दुर्घटनामा परेको सामाजिक सञ्चाल मार्फत जानकारी दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘हामी चढेको कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यही गुम्यो। अरू नै कोहीले नजिकको अस्पतालमा पुर्याएको थियो। झन्डै मेरो ४५ मिनेटपछि होश खुल्यो। गाडीको एयरब्याग र सिट बेल्टले ज्यान जोगाएछ।’
उनले आफू राति ४ बजेमात्रै अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आइपुगेको बताए। उनले थप भनेका छन्, ‘ काठमाडौँ आएपछि करिब ६ घण्टा अस्पतालमा चेक जाँच गर्दा सबै रिपोर्ट सामान्य आएको छ। बाहिरी चोट भएको कारण केही समय घरमै आराम गर्नेछु।
उनी तुलसीपुरस्थित दाङमा हुने कार्यक्रममा सहभागी हुन जाँदा आयोजकले चलाएको कार दुर्घटनामा परेका हुन्। उनले आफ्नो स्थिति सामान्य रहेका समेत बताएका छन्।