काठमाडौँ, १५ बैशाख । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजारमा रुपैयाँले घटेर प्रतितोला ९८ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।