वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

काठमाडौँ, १५ बैशाख । कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो । वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (म्यानपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए । गत वर्ष यो सङ्ख्या ३७ हजार ४०६ मात्र थियो। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ चैत । इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई