त्रिविको ढिलासुस्ती : एक वर्ष बढीदेखि नतिजा कुरेको कुर्‍यै विद्यार्थी

काठमाडौँ, १५ बैशाख । देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल कुर्न बाध्य भएका छन् । सामान्यतया तीन महिनासम्म परीक्षाफल प्रकाशन गर्नुपर्नेमा त्रिविले एक वर्ष बित्दासमेत परीक्षाफल प्रकाशन गरेको छैन ।

त्रिविले समयमा नै परीक्षाफल प्रकाशन नगर्दा विद्यार्थीको ‘करिअर’मा नै असर पर्ने गरेको समेत पाइएको छ । शैक्षिक प्रमाणपत्र लिएर करिअरको बाटो तय गर्ने सपना बोकेका युवा विद्यार्थीमाथि त्रिविको ढिलासुस्तीले तनाव दिने गरेको विद्यार्थीहरूको गुनासो रहेको पाइन्छ ।

स्नातक तह दोस्रो वर्षको परीक्षा गत वैशाख २०७८ मा भएको थियो । हालसम्म पनि त्रिविले सो परीक्षाको परीक्षाफल प्रकाशित गरेको छैन । एक विद्यार्थी परीक्षा दिएर विवाह गरेपछि बच्चा जन्मिएको र विवाहको वार्षिकोत्सवसमेत मनाउँदा पनि परीक्षाफल प्रकाशित नभएको बताउँछिन् । स्नातक तहतर्फको प्रायः सबै संकायको परीक्षाफल लामो समयदेखि प्रकाशन नभएको पाइएको छ । भदौमा सम्पन्न एलएलबी प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित नभएको पाइएको छ ।

कानुन संकायतर्फ भने दोस्रो वर्षको परीक्षाफल प्रकाशित भएर पनि ब्याक पेपरको समेत परीक्षा सम्पन्न भइसकेको छ । त्रिविका स्नातक तह, स्नातकोत्तर तहका विभिन्न संकायको नतिजा प्रकाशनमा ढिला हुने गरेको छ । वार्षिक प्रणालीमा मात्र नभएर सेमेस्टार प्रणालीमा समेत परीक्षाफल ढिला हुने गरेको विद्यार्थीको गुनासो छ । गत साउन/भदौमा डिन कार्यालयले लिएको सामाजिक शास्त्र, अर्थशास्त्रलगायत विषयको नतिजा हालसम्म पनि प्रकाशन हुन सकेको छैन । अन्य संकाय र तहको परीक्षाफल प्रकाशनमा समेत ढिलाइ हुने गरेको पाइएको छ ।

त्रिविले जनशक्तिको अभावका कारण समयमा नै नतिजा प्रकाशन गर्न नसकेको जवाफ दिएको छ । त्रिविले लामो समयदेखि जनशक्तिको अभावमा देखाएर परीक्षाफल प्रकाशनमा ढिलासुस्ती गर्ने गरेको पाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा