काठमाडौँ, १४ बैशाख । फिल्म ‘केजीएफ च्याप्टर २’ले प्रदर्शनको १३ औं दिनमा ९०० करोड भारुको आँकडा पार गरेको छ । फिल्मले चाँडै नै एक हजार करोडको आँकडा छुँदैछ ।
यश स्टारर यो फिल्मले हिन्दी संस्करणमा मात्रै ३३६.१२ करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बक्स अफिस रिपोर्टअनुसार प्रशान्त नील निर्देशित फिल्मको कमाइ अब दैनिक १० करोडभन्दा तल आउन थालेको छ ।
‘केजीएफ-२’ले शनिबार १८.२५ र आइतबार २२.६८ करोडको व्यापार गरेको थियो । सोमबार र मंगलबार गरेर फिल्मले १५ करोडको व्यापार गरेको छ । १०० करोड भारुमा बनेको यो फिल्मले बक्स अफिसमा थुप्रै रेकर्ड बनाइरहेको छ ।