सुकीलाई थप पाँच वर्षको जेल सजाय

एजेन्सी, १४ बैशाख । सेनाले शासन गरिरहेको म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको छ ।

सन् २०२१ फेब्रुअरीमा सेनाले देशको सत्ता हातमा लिएदेखि उनी घरमा नजरबन्द छिन् । सेनाले सुकीविरुद्ध श्रृंखलावद्ध बन्द सुनुवाई गरिरहेको छ । म्यानमारको सैन्य सरकारले ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीविरुद्ध कैयौं आपराधिक मुद्दा दायर गरेको छ, जुन सबैलाई सुकीले खण्डन गरेकी छन् । मानव अधिकारवादी समूहले सुकीमाथि चलाइएका अदालती कारवाहीलाई नाटकको संज्ञा दिएको छ । 

पछिल्लो पाँच वर्षको जेल सजायपछि सुकीको कुल जेल सजाय ११ वर्ष पुगेको छ । यसअघि उनलाई जुन्ता सरकारले  अन्य विभिन्न मुद्दामा ६ वर्षको जेल सजाय दिएको छ । सुकीमाथि अझै १० भ्रष्टाचार मुद्दामा सुनुवाई हुनै बाँकी छ, जसमा प्रत्येक मुद्दामा अधिकतम १५ वर्षसम्म सजाय दिन सकिने व्यवस्था छ । यदि उनी सबै मुद्दामा दोषी ठहरिन भने उनलाई १९० वर्षसम्मको जेल सजाय हुनसक्छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय