ग्लोबल आईएमई बैंकको केवाईसी प्रणाली सुरु

काठमाडौँ, १४ बैशाख । ग्लोबल आईएमई बैंकले भिडियो केवाईसी प्रणाली सुरु गरेको छ । बैंक र डिजिटल नेटवर्क सोलुसनबीच भिडियो केवाईसी प्रणाली विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुरु गरेको जनाइएको छ ।

सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्कका प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् बैंकका ग्राहकहरूले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन् । बैंकले सुरु गरेको यो सेवाले ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय