परिसूचक नेप्से १५ अंकले घट्यो

काठमाडौँ, १३ बैशाख । सेयर बजारमा अन्तिममा बजार परिसूचक नेप्से ०.६३ प्रतिशतले गिरावट भएर बन्द भएको छ । मंगलबार बजार परिसूचक नेप्से १५.०२ अंकले घटेर २३७०.९९ अंकमा बन्द हुँदा ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.७४ अंकले घटेर ४५२.९५ अंकमा बन्द भएको छ । आज बजार परिसूचकसँगै उत्पादनमूलक र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

नेप्से घट्दा कारोबार रकम एक अर्ब पुगेको छ । आज बजारमा कारोबार रकम घटेर एक अर्ब चार करोड ६० लाख रुपैयाँबराबरमा सीमित भएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको बजारमा सिद्धार्थ बैंकको सर्वाधिक चार करोड २२ लाखको कारोबार हुँदा अपी पावरको चार करोड सात लाख र  नेस्डो समृद्धि लघुवित्तको साढे तीन करोडभन्दा माथिको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९६ कम्पनीको सेयर कारोबार हुँदा १५६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ३५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । हालै मात्र नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार सुरु भएको जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा किसान लघुवित्तको सेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ ।

हिमालयन पावर पार्टन लिमिटेडको सेयर मूल्य भने ५.४१ प्रतिशतले गिरावट हुँदा मल्टिपर्पस फाइनान्सको ५.०३ प्रतिशत र युनाइटेड इदी मार्दी एन्ड आरबी कम्पनीको सेयर मूल्य ४.०२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ चैत । इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई