माछापुच्छ्रे बैंक वित्तीय सूचकमा अब्बल बन्दै

काठमाडौँ, १३ वैशाख । माछापुच्छ्रे बैंकले वित्तीय सूचकहरुमा निकै राम्रो सुधार गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) पनि सीमा भन्दा तल नै राखेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा अधिकांश वित्तीय सूचकांकहरूमा उल्लेख्य प्रगति गरेको छ । प्रतिकुल समयको बाबजुद पनि बैंकले नेपाल राष्ट्र बैंकले तोकेका हरेक प्यारामिटरहरु पूरा गरेको छ । चालु आ.व को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले प्रमुख सुचक रिटर्न अन इक्विटी (आरओई) १४.४४ प्रतिशत कायम गरि दोस्रो नम्बरमा रहेको छ ।

बैंकको कुल चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ र कुल इक्विटी १४ अर्ब ३२ करोड ६१ लाख ६५ हजार रुपैयाँ छ । बैंकले तेस्रो त्रैमासमा १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ नाफा गरेको छ । यस आधारमा बैंकको आरओई अन्य समकक्षी बैंकभन्दा अगाडि रहेको छ । तेस्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ४१ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकले निक्षेप र कर्जातर्फ क्रमशः ७.१९ र १५.५० प्रतिशतको प्रगति हासिल गरेको छ ।

नाफा बढेसंगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३९ पैसाले बढेर २० रुपैयाँ १७ पैसा पुगेको छ । हाल बैंकको प्रतिशेयर आम्दानी १३९ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै बैंकले १३.७० प्रतिशत पुँजीकोष अनुपात कामय गरि कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको भन्दा कम राखेको छ । समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८९.१३ प्रतिशत, कस्ट अफ फण्ड ७.५६ प्रतिशत, आधार दर ९.६३ प्रतिशत, प्रतिसेयर नेटवर्थ रु. १३९.६७, पीई अनुपात १३.४४ गुणा कायम भएको छ । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत बैंकले आफ्ना १३ लाख भन्दा बढि ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ चैत । इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई