काठमाडौँ-जापान रुटमा अब साताको तीन उडान

काठमाडौँ, १३ वैशाख । काठमाडौँ-नारिता (जापान) रुटमा अब साताको तीन उडान हुने भएको छ । नेेपाल वायुसेवा निगमका अनुसार अहिले काठमाडौँ-नारिता सेक्टरमा सातामा दुई वटा उडान गरिरहेको छ । मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान गर्न लागिएको निगमले जनाएको छ ।

उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने छ । यात्रु चाप एवम मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेकोका कारण उडान संख्या थप्न लागिएको हो ।

काठमाडौँ-नारिता सेक्टरमा करसहित विजनेस क्लासमा रु. १ लाख ५२ हजार र इकोनोमी क्लासमा रु. १ लाख १९ हजार ७०० भाडादर कायम गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक

काठमाडौँ, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले

काठमाडौँ, १९ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६

काठमाडौँ, १९ चैत । राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत