आरोहण अनुमतिबाट ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ, १३ बैशाख । जारी सिजनमा नेपालका २५ वटा हिमाल आरोहणका लागि ८ सय ७६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ७३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जारी सिजनमा १ सय ८ समूहका ६ सय ८५ पुरुष र ? सय ९१ महिलाले आरोहण अनुमति पाएका छन् । 

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि ५७ देशका ३७ समूहका ३ सय २ जना (७२ महिला र २३० पुरुष)ले अनुमति लिएका छन् । सगरमाथाबाट मात्र सरकारलाई ३७ करोड ८० लाख रुपैयाँ राजस्व प्राप्त सङ्कलन भएको छ। आरोहणको लागि अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथा (८८८४.८६ मिटर) आरोहणका लागि छन् । दोश्रोमा लोत्से (८५१६ मिटर) को लागि ११ समूहका १ सय ३ जना, तेस्रोमा अमादब्लम(६८१४ मिटर)का लागि ९ समूहका ९७ जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने कानुनी व्यवस्था छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ जेठ । सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका चार सय ३२ बालबालिकालाई खोप लगाइएको

चितवन, १७ जेठ । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनी बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका

काठमाडौँ, १७ जेठ । तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छ ? तपाईंका बच्चा

बाँके, १७ जेठ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।