विश्वकै ज्येष्ठ नागरिकको १ सय १९ वर्षको उमेरमा निधन

एजेन्सी, १२ बैशाख । विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको एक सय १९ वर्षको उमेरमा निधन भएको छ ।

जापानका सरकारी अधिकारीहरूका अनुसार सन् १९०३ मा जन्मिनु भएकी काने ताकानाको एक सय १९ वर्षकाे उमेरमा निधन भएको हो ।   

उहाँ जन्मेको वर्ष राइट दाजुभाइले पहिलो पटक उडान परीक्षण गरेका थिए भने पहिलो महिला नोबेल पुरस्कार विजेताका रूपमा म्यारी क्युरीले नोबेल पुरस्कार प्राप्त गर्नु भएको थियो । जापानको दक्षिण पश्चिमी फुकौका क्षेत्रमा उहाँ बस्दै आउनु भएको थियो । उहाँको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरूले बताउँदै आएका थिए । उहाँलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो । 

नर्सिङ होममा रहँदा उहाँ बोर्ड गेम्समा रमाउनु हुन्थ्यो भने हिसाबका प्रश्नोत्तर लेख्दै बस्नु हुन्थ्यो । त्यसैगरी सोडा र चकलेटहरू खाने गर्नुहुन्थ्यो । उहाँ वयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्सलगायतका धेरै व्यापार व्यवसाय चलाउनु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक

काठमाडौँ, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले

काठमाडौँ, १९ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६

काठमाडौँ, १९ चैत । राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत