फ्रान्सका राष्ट्रपति माक्रोन फेरि निर्वाचित

पेरिस, १२ बैशाख । फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित हुनुभएको छ ।

प्रमुख प्रतिश्पर्धी मारिनले पेनलाई पराजित गर्दै उहाँले आफ्नो कार्यकाल फेरि दोहो¥याउनु भएको हो ।उहाँले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो चरण पनि मतदान गराउनु परेको थियो । 

दोस्रो चरणमा उहाँका प्रतिश्पर्धी पेनले ४१.४ प्रतिशत मत पाउनु भएको थियो । यसअघि सन् २०१७ मा भएको निर्वाचनमा भने राष्ट्रपति माक्रोनले ६६।१ प्रतिशत मत ल्याउँदा प्रतिश्पर्धीले भने ३३.९ प्रतिशत मत पाएका थिए । राष्ट्रपति माक्रोनले मतदानका बेला कतिपयले आफूलाई मतदान नगरेपनि आफू उनीहरुको समेत राष्ट्रपति भएको उल्लेख गर्नु भएको छ । उहाँँको विजयले युरोपेली नेताहरूलाई भने राहत भएको मानिएको छ ।

उहाँलाई युरोपेली मुलकका राष्ट्र प्रमुखहरुले फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि माक्रोनलाई बधाई दिनु भएको छ । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् । त्यो सङ्ख्या सन् १९६९ यताको सबैभन्दा कम मतदान भएको बताइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै बिहीबारदेखि एक महिने परीक्षण

काठमाडौँ, ३० माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

काठमाडौँ, ३० माघ । नेकपा एमालेका महासचिव शंखरले सामाजिक सञ्जाल आफैमा राजमार्ग जस्तै रहेको बताएका छन् ।  आज बिहान पोखरेलले

काठमाडौँ, ३० माघ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत)