खुट्टाले लेखेर एसईई दिने दृढता

काठमाडौँ, ९ बैशाख । दक्षिणकाली नगरपालिका चाल्नाखेल-१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उनका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उनलाई कठिन हुन्छ तर उच्च शिक्षा अध्ययन गरेर नोकरी गर्ने उत्कर्ष इच्छा छ। । त्यसैले दाहिने खुट्टाका सहाराले लेख्न सक्ने बुढाथोकी शुक्रबारदेखि सुरु हुने २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुँदैछन् । उनलाई बोल्न पनि गाह्रो छ। निकै कठिनसाथ उनले भने, “क्याम्पस पढेर जागिर खाएर आफ्नो खुट्टामा उभिन्छु।”

जन्मँदै शारीरिक अपाङ्गता भएका बुढाथोकीले कक्षा ४ सम्मको पढाइपछि बिरामीका कारण पढाइ छाडे। २०७० सालमा चाल्नाखेल आधारभूत विद्यालयमा पुनः भर्ना भई कक्षा ८ पूरा गरे । टौदह राष्ट्रिय माविमा कक्षा ९ मा भर्ना त हुनुभयो तर घरबाट झण्डै तीन किलोमिटर टाढाको विद्यालयमा आउजाउ गर्न निकै कठिन भयो। पढाइ छाड्नुपर्यो। गत असारमा फर्पिङको शिखरापुर खुला  विद्यालयमा कक्षा १० मा भर्ना भई अध्ययनलाई निरन्तरता दिएका बुढाथोकी बिहीबार अङ्ग्रेजी विषयको तयारीमा जुटेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा