त्रिविमा ३ महिनादेखि तालाबन्दी

काठमाडौँ, ६ बैशाख । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ। सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन। तर, ती कार्यालयको काम भने रोकिएको छैन।

तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाईकन घरमै बसेका थिए। तालाबन्दी लम्बिँदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोर बाटो प्रयोग गरेर काम गर्न थालेका हुन्। एक कर्मचारीले सोमबार भने ‘मूल गेटमा तालाबन्दी भएर के गर्नु ? हामी त पछाडिको ढोका प्रयोग गरेर काम गरिरहेका छौँ।’ यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate