नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर

काठमाडौं, ४ बैशाख । नेपाल टेलिकमले सबै सेवा प्रदायक नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’सहितको स्प्रिङ अफर ल्याएको छ ।

कम्पनीका अनुसार यो अफर मंगलबारदेखि सुरु हुनेछ । ५९९ देखि १ हजार ४९९ रुपैयाँसम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश रहेको कम्पनीको भनाइ छ ।

९९९ र १ हजार ४ सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनी भित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ । यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा प्याक अवधिमा ४०० वटा र एक हजार वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कैलाली, ११ असार । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ११ असार । २०८३ साल असार ११ गते बिहीबार सन् २०२६ जुन २५ तारिख। जेठ शुक्ल पक्षको एकादशी तिथि ।

काठमाडौँ, १० असार । साढे १६ लाख नगदसहित न्यूरोडबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान