अनुमतिबिना अतिरिक्त सो चलाउने फिल्म हललाई कारबाही सिफारिस

काठमाडौँ, ३ बैशाख । चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीनवटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ। बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै शुक्रबार बोर्डले तीन हललाई कारबाहीका लागि सिफारिस गरेको हो ।

बोर्डले बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई सिफारिस गरेको हो। ‘बिनाअनुमति मध्यरातमा अतिरिक्त सो चलाउने बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाहीका लागि सिफारिस गरिएको छ,’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने, ‘बोर्ड र प्रशासनबाट स्वीकृति नलिई ती फिल्म हलले मध्यरातमा अतिरिक्त दुई सो चलाएका थिए ।’

बिग मुभिज, एफक्युज, बिएसआर मुभिजले मध्यरातमा दक्षिण भारतीय फिल्म ‘केजिएफ च्याप्टर-२’ फिल्म चलाएका थिए। तीनवटा फिल्म हलले तोकिएभन्दा बढी शुल्क लिएर बिनाअनुमति राति १ बजे र ३ बजेको अतिरिक्त सो राखेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । २४ जुन २०२६ फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर डिजिओ र हिमालयन स्पोर्ट्सले फुटबल

वीरगञ्ज, ११ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व

काठमाडौँ, ११ असार । स्थानीय बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य