महेश बस्नेतको त्यो बाणी : ‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’

दिनेश ढकाल

पछिल्लो समय नेपालको राजनीति विकृती र विसंगतीतर्फ धकेलिदै गैरहेको छ । दलहरु विभाजित छन् । धेरैजसो पार्टीहरु फुटेका छन् । देश तिब्र आर्थिक मन्दितर्फ धकेलिदै गईरहेको संकेतहरु देखा पर्न थालेका छन् । महंगी आकाशिएको छ । यसैबिचमा नेपाली जनताहरुको बिचमा एउटा अवसर र दलहरुको बिचमा चुनौतिको पहाड वा भनौं अग्निपरिक्षा सामुन्नेमा आउँदैछ । गएको स्थानीय निर्वाचनमा नेकपा एमाले प्रथम पार्टीको रुपमा उदायो । जतिवेला देशब्यापी कतै घोषित त कतै अघोषित रुपमा माओवादी र कांग्रेसबिच चुनावी तालमेल र गठबन्धन थियो । प्रष्टरुपमा देखिएको चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातेर पुनः निर्वाचन गर्नुपरेको थियो । लगत्तै केन्द्र र प्रदेशको निर्वाचन माओवादी केन्द्र र नेकपा एमाले चमत्कारिक तरिकाले एक ठॉउमा उभिने र पार्टी एकताको घोषणा गरेर एउटै घोषणापत्रमा चुनावमा गए ।

जनताले दुई तिहाईपनि दिए तर नेपालको बिडम्बना भनौ या नेताका निजि ईच्छा र स्वार्थले बिच बाटोमै यो भत्कियो । त्यो पनि गैरसंबैधानिक तरकाबाट यति सम्म कि प्रधानमन्त्री शेरबहादुर देउवा भएको कुरा संसदले पछि मात्र थाहा पायो । अदालतले घोषणा गरेर परमादेसमार्फत जनादेश खन्डित गर्ने राम भयो । क्रमशः पार्टीहरु फुट्ने र अदालत बार एशोसिएसनमा अन्योलता गभर्नरमाथि निलम्बन गैरसांसदलाई मन्त्री लगाएत कयौ गैरसंबैधानिक र गैरराजनितिक हर्कतहरु बढ्दै गएको प्रष्ट छ ।

पाचँ दलीय गठबन्धन ले महानगरलगायत सबैजसो ठॉउमा तालमेलबाट नेकपा एमालेलाई हराउने रणनीति लिएको छ तर जनमत र पार्टी प्रवेशको लहर र आफ्नो अडानलाई हेर्ने हो भने एमाले सतिसाल झै आफुलाई सिंहको रुपमा प्रस्तुत गरिरहेको छ । चुनावि दौरानकै क्रममा २०७४ सालतिरको कुरा हो । युवानेता महेश बस्नेत सुर्खेत स्थित भेरिगंगा नगरपालिकाको युवा अधिबेसनमा प्रमुख अतिथिको रुपमा जानुभयो । महेश बस्नेतप्रति युवाहरुको क्रेज झन्डै पछिल्लो २ दशकदेखि अहिलेसम्मै उत्तिकै छ । भेरिगंगा नगरपालिकाको अधिवेशन भब्यरुपमा सम्पन्न भएपछि हामी वीरेन्द्र नगरस्थित एउटा ठूलो हलमा पार्टिको प्रशिक्षण कार्यक्रम थियो । वीरेन्द्रनगरमा भाषण गर्ने क्रममा महेश बस्नेतले बोलेको एउटा बाणी जो आजपनि उत्तिकै सान्दर्भिक र पपुलर छ । अबको निर्वाचनमा कांग्रेश हाफ माओवादी पत्तासाफ ।

हो यो सत्य साबित हुँदैछ । नेपाली कांग्रेशका सभापति राजाले असक्षम घोषणा गरेका र गिरिजा बाबुले देशको कार्यकारी जिम्मेवारि नदिनु है भनेका देउवा नै देशको ५ पटकसम्म प्रधानमन्त्रि भए । यतिबेला देउवा प्रचन्ड माधव नेपाल र उपेन्द्र यादवको गठजोड यस्तो छ कि यि सबैको स्बार्थ एउटै छ कि कसरि हुन्छ सत्तामा जाने र सधै पावरमा बसिरहने । यहि हेतुले चितवनमा यो पालि पनि भरतपुर माओवादीको भागमा भन्ने समाचारहरु पढे ।

दुख लाग्यो कॉग्रेशका ति चितवनका कार्यकर्तामाथि देउवाले बजारेको बुट जबरजस्ति लादेको निर्णय मान्नुपर्ने । ३६४ दिन कॉग्रेश भएर हिन्ने भोट सधै हैसियॉ हतौरामा हाल्नुपर्ने कुराले कांग्रेसभित्र बिद्रोहको ज्वाला दन्किदै छ । जसको परिणाम यसपालिको चुनावमा कांग्रेस हाफ माओवादी पत्तासाफ स्बयं कांग्रेसकै कार्यकर्ताले बनाउँदै छन् । यो दास युग हैन र यो हलिहरुको युग पनि हैन २१ औ शताब्दिमा सबै जनका सचेत छन् । केबल सत्ता र सिमित नेताको पदलोलुपताका लागि बिपिको पार्टी पक्कै हैन । जवसम्म देउवा सत्तामा र कांग्रेस पार्टी प्रमुख भैरहन्छन् । नेपाली कांग्रेश र मुलुक ओरालो यात्रामा जाने कुरा कांग्रेसकै साथीहरुले स्विकारिसकेका छन् । बॉकि प्रचन्ड त नेपालको राजनीतिमा कसैले बिश्वास नगर्ने तर सकेसम्म सबैले प्रयोग गर्ने । पात्रको रुपमा यो निर्वाचन सम्म आईपुगेका छन् । यतिबेला हेर्ने हो भने सांसददेखि मेयर र वडाअध्यक्ष लगायत हजारौ कार्यकर्ता एमाले प्रवेशको लहर नै छ ।

नेपाली जनता स्थाई राजनीति र स्थाई सरकारको पक्षमा छ थियो र हुनेछ । केहि समय राजनीति र देशका सबै संबैधानिक निकाय गिजोलियो । यो चुनावसँगै सबै कुराको छिनोफानो हुनेछ । महेश बस्नेतले बोलेको कुरा परिणाममै देखिदै छ । प्राकृतिक रुपमा आम जनता सम्पन्न भए भने सेनाविहीन राज्य पनि सञ्चालित भइरहन्छ । तर जनता नै सम्पन्न र देश विकास भएन भने २/४ नेता वा ब्यक्ति बनेर मुलुकले निकाश पाउदैन । त्यसैले यो टालाटुलि बाटुलिको गठबन्धन निति र एजेन्डाबिनाको गठबन्धनलाई नेपाली जनताले यो चुनाबमा धुलो चटाउदै स्थायित्व र समृद्दिको पक्षमा लागौं । राज्य र समाजबिच कुनै किसिमको अन्तर छैन । समाज नै राज्य हो । र मानिस सामाजिक र राजनितिक प्राणी हो । नेपालमा स्थायी सरकार र स्थिर राजनीति नभएसम्म देश स्थायि गरिब नै हुन्छ ।

सोचौं, देश बदलौं । कवि नेत्रलाल अभागिको कबिता, बातावरण शान्त भएको वेला एउटा नर्कटपनि उभिन सक्छ तर वाताबरण ॲशान्त हावाहुरि बतास चलेको वेला सतिशाल मात्र ठिंग उभिन सक्छ । बास्वबिक चेहेरा र मुकुन्डोधारि छुट्याउने बेला आयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा