काठमाडौँ, २६ चैत । शहरी विकास मन्त्री तथा एकीकृत समाजवादी पार्टीको सचिव रामकुमारी झाँक्रीले मन्त्रीले भ्रष्टाचार र कालोधन्दाको कारोवार गर्न पाउनुपर्ने आशय व्यक्त गर्नुभएको छ ।
शनिबार काठमाडौँ विद्युतीय व्यवसायी संघको १२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले आम नागरिकले संवैधानिक रुपमा प्राप्त सूचनाको हक अधिकारलाई बञ्चित गराउनुपर्ने जस्तो अभिव्यक्ति दिनुभयो । आम नागरिकले पाँच प्रकारका सूचनाबाहेक अन्य जस्तोसुकै जानकारी तथा सूचना पाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । अदालतमा विचाराधिन मुद्धा, अन्तराष्ट्रिय सम्बन्धमा खलल पुग्ने कुरा, जातिय द्वन्द फैलने कुरालगायतका पाँच कुराहरुमा भने नागरिकलाई सूचना गोप्न राख्न सकिन्छ ।
जसमा निलम्बीत गभर्नरलाई लक्षीत गर्दै उहाँले गोप्य सूचना चुहाएको तथा तथ्याङ चुहाएको बताउनुभयो । जुन कुरा अमेरिकाबाट आएको संकास्पद ४० करोड रुपैंया हो । अर्थमन्त्री जनार्दन शर्माले विशेषे भूमिका निर्वाह गर्दै उक्त रकम निकाल्ने प्रयासमात्र नभई राष्ट्र बैंकलाई पत्र लेखी निकास गर्न निर्देशन दिनुभएको थियो । तर राष्ट्र बैंकका गभर्नरले उक्त गैरकानुनी कार्य नगर्ने भएपछि उहाँलाई निलम्बन गरिएको छ । जुन कुरा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा शब्दमा विरोध जनाएको छ भने आम जनाताले सामाजिक सञ्जालमा समेत अर्थमन्त्री तथा सरकारको विरोध गरिरहेका छन् ।
सोही मुद्धालाई लक्षीत गर्दै मन्त्री झाँक्रीले गोप्य सूचना चुहाएको आरोप लगाउनुभयो । जुन नेपालका विभिन्न मिडियाहरुले समाचार सार्वजनिक गरेका थिए । समाचार सार्वजनिक भएसँगै उक्त रकम निकाल्ने र कालोधनलाई नेपालमा प्रोत्साहन गर्ने लक्ष रहेको सहजै बुझन सकिन्छ । कार्यक्रममा मन्त्री झाँक्रीले सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेको समेत बताउनुभयो ।
हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको उल्लेख गर्दै उहाँले खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्य वृद्धि र रसिया युक्रेन बीचको युद्धका केही बाछिटाहरु नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिन आवश्यक नरहेको बताउनुभयो ।






