काठमाडौँको मेयरमा उठ्दिन : भुवन केसी

काठमाडौँ, २६ चैत । अभिनेता भुवन केसीले उन्नत लोकतन्त्र पार्टीबाट आफू काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न असमर्थ रहेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता केसीले कुनै कलाकारले महानगरको मेयर बनेर जनताको सेवा गर्छु भन्नु स्वाभाविक भएको, तर कार्यव्यस्तता र प्राविधिक कारण अहिले आफू उम्मेदवार बन्न नसक्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन, ‘मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु । त्यसैले यस महानगरको मेयरको रुपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु, ‘तर एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्दैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दा चाहिं अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु । तर ती प्रतिक्रियाका कारण नभई प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र, यसै पत्रमार्फत हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुपाल्चोक, १२ जेठ । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले खोप

काठमाडौँ, १२ जेठ । काठमाडौँबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँ नागार्जुन नगरपालिका १० स्युचाटार

दैलेख, १२ जेठ । दैलेखमा बस दुर्घटना हुदा मृत्यु हुने चारै जनाकाे सनाखत भएको छ । प्रहरीका अनुसार कालिकोटबाट सुर्खेतका लागि छुटेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021