नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

काठमाडौँ, २४ चैत । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले पौडेललाई नियुक्ति गरेको एक मन्त्रीले बताए । टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सूचना तथा प्रसारण मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनालाई सिफारिस गरेको थियो। सिफारिस गरेकामध्ये पौडेललाई नियुक्ति गरिएको ती मन्त्रीले बताए ।

पौडेल नेपाल टेलिकमसँग सम्बन्धित व्यक्ति भने होइनन् । नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलन गरिरहेका थिए । यसअघिका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल समाप्त भएसँगै गत पुसदेखि टेलिकम नेतृत्वविहीन थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६