काठमाडौँ, ८ चैत । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
आज नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो । दशककै उत्कृष्ट खेलाडी बनेका पारसले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन् ।






