अखिल क्रान्तिकारीको नाम लिँदै रोल्पामा नेविसंघका कार्यकर्तालाई निर्घात कुटपिट

रोल्पा, ४ चैत । अखिल क्रान्तिकारीको नाम लिँदै टोले गुण्डाहरुले हिजो रोल्पामा नेविसंघका सदस्यहरुलाई निर्घात कुटेका छन् । रोल्पामा पहिलेदेखि नै अन्य विद्यार्थी संगठनमा नलाग्न विद्यार्थीहरुलाई धम्क्याउने गरिएको घाइते पक्षका विद्यार्थी नेताहरुले बताए ।

हिजो रोल्पा नगरपालिका ७, माडिचौरमा गुण्डाहरुले विद्यार्थी कुटेका हुन् । छ जनाले निर्घात कुट्दा खेमराज शर्मा र लिकी शेर्पा घाइते भएकी छन् । चितवन रामपुरको कृषि विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा स्थापित रोल्पाको कृषि कलेजमा क्रान्तिकारी बाहेक अन्य विद्यार्थी संगठनको उपस्थिति हुन नहुने क्रान्तिकारीहरुले बारम्बार भन्दै र धम्क्याउँदै आएको एमाले अखिलका स्थानीय नेता सुनिल ढुंगानाले बताए ।

ढुंगानाका अनुसार पहिले क्रान्तिकारीहरुले धम्क्याउने र हातपातसम्म गर्थे । अहिले भने उनीहरुको आवरणमा टोले गुण्डाहरु नै आक्रमणमा उत्रेका हुन् । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमासमेत शान्ति सुरक्षाको बारेमा जानकारी गराउँदा एकपक्षीय व्यवहार गरिएको नेपाल विद्यार्थी संघ र एमाले अखिलले जनाएको छ ।

अति भएपछि आज विज्ञप्ति जारी गरिएको ढुंगानाले बताएका छन् । विज्ञप्तिमा हिजोको घटनामा संलग्न दोषीलाई हदैसम्म कारबाहीको माग गरिएको छ । साथै,क्याम्पसमा अध्ययनको निम्ति वातावरण बनाउनसमेत माग गरिएको छ । हिजोको घटनामा माओवादी जिल्ला नेता सुरेन्द्र थापाका छोराकोसमेत संलग्नता रहेको बताइन्छ । घाइते पक्षका विद्यार्थीहरुले मोटरसाइकल चढेर र हेल्मेट लगाएर आएकाले को को थिए भनेर चिन्न नसकिएको तर, अधिकांश स्थानीय टोले गुण्डा भएको उनीहरुको भनाइ छ ।

यता जिल्ला प्रशासन कार्यालय, रोल्पाले भने हिजोको घटनाबारे कार्यालयलाई पूर्ण जानकारी भएको बताएको छ । फागु खेल्दै हिँडेको समूह र क्याम्पसबाट बाहिरिँदै गरेका विद्यार्थीहरुबीच फागुको निहुँमा झगडा भएको प्रहरीको भनाइ छ । कुटपिटमा संलग्न भनिएका आरोपित दुई जनालाई पक्रेर ल्याइएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि प्रहरीले दुई जनालाई पक्रेको पुष्टि गरेका छन् । उनले भने, ‘फागुको निहुँमा भएको झगडालाई राजनीतिक रंग दिने कोशिस भएको बुझिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा