भारतको सहयोगमा बनेको नेपाल प्रहरी विद्यालयको पूर्वाधार उद्घाटन

काठमाडौँ, २१ फागुन । कैलालीको धनगढीमा रहेको भारतको सहयोगमा निर्माण भएको नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, केटाकेटी छात्रावास र शिक्षक क्वार्टर को नयाँ भवनको उद्घाटन भएको छ ।

भारतीय दूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले उक्त पूर्वाधारको उद्घाटन गरेका भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अनुसार, हालै उद्घाटन गरिएको परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “India@75 AzadiKaAmritMahotsav” को एक हिस्साको रूपमा नेपालमा उद्घाटन भइरहेका 75 परियोजनाहरू मध्ये एक हो।

नेपाल प्रहरी विद्यालयका यी नयाँ भवनहरू भारत सरकारको आर्थिक सहयोगमा नेपाल–भारत विकास सहयोगअन्तर्गत नेपाली रुपैयाँ ४२ करोड २६ लाखको लागतमा निर्माण भएका हुन् । सन् १९८५ मा स्थापना भएको विद्यालयमा हाल ६ सय ६५ विद्यार्थी छन् । “निकट छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी छ। भारत-नेपाल विकास सहयोग अन्तर्गत पूर्वाधार निर्माणले शिक्षा क्षेत्रमा नेपाल सरकारको प्रयासलाई बलियो बनाउन भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ, ”काठमाडौंस्थित भारतीय नियोगले बताएको छ । (एएनआई)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र